कांग्रेसबाट उपसभामुखको राजीनामा माग
वि.सं.२०८१ भदौ २६ बुधवार ०८:११
936
shares
shares

सत्ता साझेदार दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गरेको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद शान्ति परियारले उपसभामुख जस्तो व्यक्तिले नबुझी पत्रमा हस्ताक्षर गर्न हुने नहुने बताइन् । उनले पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्न माग गरिन् ।
उनले भनिन् , ‘पत्र लेख्नु कति जायज थियो उहाँले बुझ्नु पर्ने थियो । उपसभामुख पद देशको प्रतिष्ठा जोडिएको छ । उपसभामुख पद देशको अभिभावक हो । ’
थप उनले भनिन्‚‘यसमा विवाद आउँदा यस्तो गरिमामय पदमा आउँदाखेरी मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ । प्रतिष्ठासँग जोडिएको हुँदा गम्भीर भएर मार्ग प्रशस्त गर्न अनुरोध छ।’











