मिसेस पूर्वेली आइकन : असोज १२ गते ग्राण्ड फिनाले

1.03K
shares

इटहरीमा आयोजना भइरहेको ‘मिसेस पूर्वेली आईकन–२०२४’को फोटोसुट तथा भिडियोसुट गरिएको छ ।

अब ट्यालेन्ट राउण्ड गर्दै आउँदो असोज १२ गते इटहरीमा यसको ग्राण्ड फिनाले आयोजना गर्ने योजना आयोजकले बनाएको छ । विवाहित महिलाहरुको व्यक्तित्व, सीप, र बौद्धिक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने यो प्रतियोगिता केवल बाहिरी सौन्दर्य प्रदर्शनमा मात्र सीमित नरहेर, विवाहित महिलाहरुको सशक्तीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको आयोजक संस्था ओपन स्पेसका निर्देशक सरोज श्रेष्ठले बताए ।

आयोजकले यसलाई विवाहित महिलाहरुका लागि आत्मविश्वास बढाउने, आत्मबल निर्माण गर्ने र महिलाहरुको समाजमा योगदान अभिवृद्धि गराउने एउटा अद्वितीय प्लेटफर्मको रुपमा प्रस्तुत गरेका छन् ।

प्रतियोगितामा आठजना विवाहित महिलाहरु फाइनल प्रतिस्पर्धा गर्दैछन् । जसमा सुनसरी, मोरङ, झापा, धनकुटालगायतका जिल्लाबाट विवाहित महिलाहरु सहभागी भएका छन् ।

प्रतियोगिताका सहभागीहरुमा रुबिना श्रेष्ठ, सुस्मा बिस्ट, रेनुका श्रेष्ठ, सुनिता पुरी, मुना बजगाई, दिपिका भट्टराई, जिसिका सापकोटा, र रेस्मा आङदेम्बे लिम्बु रहेका छन् ।

यतिबेला यी प्रतिष्पर्धीहरुको भोटिङ प्रक्रिया पनि सुरु भइसकेको छ । भोट गर्नको लागी एभिन्टोजको वेबसाइट र मोबाइल एपमार्फत आफ्नो मन परेको प्रतिस्पर्धीलाई भोट दिन सकिनेछ ।

केहिअघि प्रतिस्पर्धी महिलाहरुको फोटोसुट र भिडियोसुट समेत सम्पन्न भैसकेको छ । आयोजकले प्रत्येक प्रतिस्पर्धीको छुट्टाछुट्टै प्रोफाइल भिडियो निर्माण गर्ने योजना बनाएका छन्, जहाँ उनीहरुले आफ्ना व्यक्तिगत जीवनका संघर्ष, उत्साह र अनुभवलाई सो भिडियो मार्फत प्रस्तुत गर्न सक्नेछन् ।

भिडियोहरुमा पारिवारिक सम्बन्धदेखि उनीहरुले भोगेका विभिन्न उतारचढावका कुरा समेत समेटिने निर्देशक श्रेष्ठले बताए ।