अनलाइन जुवा र क्रिप्टो कारोबारी ५० जना पक्राउ
वि.सं.२०८१ भदौ २७ बिहीवार ०८:३७
1.24K
shares
shares
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुरको जाउलाखेलमा छापा मारेको छ ।
छापा मारेर दुई जना चिनियाँ र एक फिलिपिनो नागरिकसहित ५० जनालाई पक्राउ गरेको सीआईबीका प्रवक्ता होबीन्द्र बोगटीले बताए ।
अवैध रूपमा कल सेन्टर चलाउनुका साथै अनलाइन जुवा खेलाएको र क्रिप्टो कारोबार गरेको सूचनाका आधारमा प्रहरीले एक घरमा बुधबार राति छापा मारेको थियो ।
यसबारे अनुसन्धान भइरहेको प्रवक्ता बोगटीले जानकारी दिएका छन् ।











