रास्वपाका पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ

1.55K
shares

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको हाे ।

पोखरा महानगरपालिका–२ स्थित बागलुङ बसपार्कमा पूर्वसांसद श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित ट्रामाडोल बेचबिखन हुने गरेको भेटिएको  कास्कीका एसपी मोहन कुमार थापाले जानकारी दिए ।

श्रेष्ठमाथि थप अनुसन्धान भैरहेकाे कास्की प्रहरीले जनाएकाे छ ।