सरकारी गाडी दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु

1.07K
shares

बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटना भएको छ । प्रहरी चौकी नरेठाँटी बागलुङका अनुसार आज बिहान पौने ९ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते एक जनाको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

पीकअप गाडी सडक देखी करिब ३०० मिटर तल खसेको प्रहरीको अनुमान छ ।दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढामगरसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो । अन्य मृतकको पहिचान नखुलेको जनाएको छ । शव भीरमा भएकाले उद्धारमा कठिनाइ भएको छ ।