प्रहरीमा २५६ असई र ६४ इन्स्पेक्टरका लागि दरखास्त आह्वान
वि.सं.२०८१ भदौ २८ शुक्रवार ०७:०१
shares

नेपाल प्रहरीमा जागिरका लागी दरखास्त आह्वान गरिएको छ । २ सय ५६ सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि दरखास्त आह्वान गरिएको हो ।
दरखास्त असोज ३० गतेसम्म दिन सकिने प्रहरी प्रधान कार्यालयले जानकारी दिएकाे छ । इन्स्पेक्टरतर्फ ३५ खुला, १ अमर र अशक्त प्रहरी परिवार, ६ महिला, ९ आदिवासी र जनजाती, ८ मधेशी, ४ दलित र १ जना पिछडिएको क्षेत्रका लागि कोटा खुल्ला गरिएको छ।
२० वर्ष उमेर पुगेको, २५ वर्ष ननाघेको र स्नातक वा सोसरह उत्तीर्णले गरेकाले आवेदन दिन पाउनेछन् । तर प्रहरी सेवामै रहेकाहरूले ३५ वर्ष ननाघेको हुनुपर्ने छ । दरखास्त शुल्क १२ सय रुपैयाँ तोकिएको छ।
यस्तै, असईतर्फ खुलामा १ सय ३८, ५ जना अमर र अशक्त प्रहरी परिवार, २३ महिला, ३६ आदिवासी र जनजाती, ३१ मधेशी,१७ दलित र ६ जना पिछडिएको क्षेत्रका लागि कोटा तोकिएको छ। न्यूनतम योग्यता प्लस टु वा सोसरह उत्तीर्ण हुनुपर्ने छ।













