संवैधानिक परिषद्को बैठक बेलुका ५ बजे बस्ने
वि.सं.२०८१ भदौ २८ शुक्रवार ०८:२२
1.21K
shares
shares

संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बालुवाटारमा बेलुका ५ बजे उक्त बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।
बैठकबाट प्रधानन्यायाधीशमा नियुक्तिका निम्ति नाम सिफारिस गर्ने तयारी छ । वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उमेरहदका कारण आउँदो असोज २२ गते अनिवार्य अवकाश पाउँदै छन् ।
प्रधानन्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअगावै उक्त पदमा सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानले तोकेको यो अवधि भने गुज्रिइसकेको छ ।











