फिल्म ‘छक्का पञ्जा ४’ शनिबार निःशुल्क देखाइने
वि.सं.२०८१ भदौ २८ शुक्रवार १०:५१
1.11K
shares
shares

फिल्म ‘छक्का पञ्जा ४’ शनिबार निःशुल्क देखाइने भएको छ।
एनबी सेन्टरमा रहेको आईएनआई सिनेमाजमा शनिबार फिल्म निःशुल्क देखाउन लागिएको हो।
काठमाडौंको नयाँ वानेश्वरस्थित एनबी सेन्टरमा रहेको आईएनआई सिनेमाज दीपकराज गिरी, दीपाश्री निरौला लगायतले सञ्चालन गरेका छन्। दीपकराज गिरीले सामाजिक सञ्जालमा लेख्दै शनिबार दिउँसो २ः३० र बेलुका ५ः३० बजे तय गरिएको शोको टिकटका लागि काउन्टरमा सम्पर्क गर्न आग्रह गरेका छन्।
फिल्म ‘छक्का पञ्जा ४’ गत वर्ष प्रदर्शनमा आएको थियो। हेमराज बिसीको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्य लगायतका कलाकारहरूको अभिनय छ।













