राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज अपराह्न १ बजे बस्ने

1.09K
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बैठक बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि बारे छलफल हुने बताइएको छ ।

साथै राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिने, राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिकामा छलफल हुने र राष्ट्रिय भेलाको हालसम्मको तयारीका बारे पनि छलफल हुने झाले बताए ।