प्रत्येक शनिबार दरबारमार्गमा रैथाने एग्री प्रडक्टस नेपालद्वारा आयोजना गरिएको रैथाने कृषि हाटबजार आज सञ्चालनमा आएको छ।
यस हाटबजारको प्रमुख उद्देश्य उत्पादक किसान र उपभोक्ताबीच सीधा सम्पर्क स्थापना गर्नु हो, जसले गर्दा किसानले आफ्ना उत्पादनहरू प्रत्यक्ष रूपमा बिक्री गर्न सकून् र उपभोक्ताले ताजा र स्थानीय खाद्यान्न प्राप्त गर्न सकून्।
हाटबजारमा रैथाने तथा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी अर्गानिक फलफूल र तरकारी, सीपमा आधारित हस्तकला सामग्री, बीउबिजन, अन्य घरायसी सामग्री र परामर्श सेवाहरू उपलब्ध छन्। यस हाटबजारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र कृषिमा समृद्धि ल्याउने लक्ष्य राखेको छ।















