मौसम खराबका कारण नेपाली आकाश प्रवेश गरेलगत्तै जहाज लखनऊ डाइभर्ट
वि.सं.२०८१ भदौ २९ शनिवार १०:४१
1.78K
shares
shares

मौसम खराबका कारण नेपाली आकाश प्रवेश गरेलगत्तै लखनऊ डाइभर्ट भयो फ्लाई दुबईको जहाज
दुबईबाट काठमाडौं उडेको जहाज नेपाली आकाशमा प्रवेश गर्नेबित्तिकै डाइभर्ट भएको छ।
शनिबार दिउँसो २स्४१ बजे नेपाली आकाशमा प्रवेश गरेको फ्लाई दुबईको कलसाइन स्काई दुबई ५३९ जहाज भारतको लखनऊ डाइभर्ट भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार खराब मौसमका कारण जहाज डाइभर्ट भएको हो।
‘नेपाली आकाशमा प्रवेश गरेपछि मौसम खराबीका कारण डाइभर्ट गरिएको जानकारी प्राप्त भएको थियो,’ उनले भने।
लखनऊमा डाइभर्ट भएको जहाज मौसम अवलोकन गरी पुनः काठमाडौं उड्ने प्रवक्ता शेर्पाले जानकारी दिए।













