धारा नेपालगञ्ज म्याराथनलाई उत्सवमय बनाउन ‘दशैंमा दश इभेन्ट’

1.04K
shares

धारा नेपालगञ्ज म्याराथनको १०औं संस्करण उत्सवमय बनाउने ‘दशौंमा दश इभेन्ट’

धारा नेपालगञ्ज म्याराथनको १०औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ आयोजना गरिने भएको छ।

यस कार्यक्रमको प्रि–इभेन्टको रुपमा नेपालमा पहिलोपटक नेपालगन्ज १० किमी रात्री दौड असोज ३ गते राति सम्पन्न गरिनेछ।

रनिङ संस्कृतिको प्रवर्द्धन गर्न असोज ५ गते शनिबारदेखि हरेक शनिबार ‘साप्ताहिक रन’ कार्यक्रम पनि सञ्चालन हुने छ। यसका लागि रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङलाई प्रमुख जिम्मेवारी दिइएको छ, र बाँके जिल्ला एथ्लेटिक्स संघ यसमा साझेदार हुनेछ।

दशौं धारा नेपालगञ्ज म्याराथनलाई लक्षित गर्दै स्कुल र कलेजहरूमा लेक्चर सिरिज सञ्चालन गरिनेछ। यसमा ओलम्पिकको विश्वव्यापी मुल्यमान्यता, शान्ति र एकताका लागि खेलकुदको भूमिकाबारे विद्यार्थीहरूसँग अन्तरक्रिया गरी कार्यक्रमलाई अघि बढाइनेछ।

त्यस्तै, गौघाट ग्रीन रन, मंसिर ५ गते दीप प्रज्वलन, म्याराथन एक्स्पो, फोटो प्रदर्शनी, नेपालगञ्ज कनक्लेव, दशक रत्न सम्मान लगायतका कार्यक्रमहरू मंसिर २२ गते आयोजना गरिनेछन्। नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीका अनुसार यस वर्ष मंसिरको पहिलो शनिबारको परम्परा बदल्दै, कर्णालीमा बृहत राष्ट्रिय खेलकुदको आयोजना भएकोले मंसिर २२ गते शनिबार म्याराथन आयोजना गर्न लागिएको हो।

क्रियटिभ ह्याण्ड्सको आयोजनामा र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा सञ्चालन हुने यस दशौं धारा नेपालगञ्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगञ्ज र कोहलपुरलाई जोड्ने कार्य गर्दै आएको छ।