माओवादीको सभामुखलाई एकपक्षीय निर्णय नगर्न आग्रह
वि.सं.२०८१ भदौ ३० आइतवार १०:३६
shares

नेकपा माओवादी केन्द्रले सभामुख देवराज घिमिरेलाई एकपक्षीय निर्णय नगर्न अनुरोध गरेको छ। आइतबार नयाँ वानेश्वरमा सभामुखलाई भेटेका माओवादी नेताहरूले यसो गर्न आग्रह गरेका हुन्।
सभामुखले प्रतिनिधि सभामा जारी अवरोध समाधान गर्ने विषयमा आइतबार बिहान राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूको बैठक आयोजना गरेका थिए। बैठक निष्कर्षविहीन टुंगिएपछि माओवादी नेताहरूले आन्तरिक छलफल गरेका थिए।
सभामुखले संसद सचिवालयको अध्ययनका आधारमा ‘माओवादी हिंसा’ शब्द असंसदीय नरहेको निर्णय सुनाएका थिए। यस निर्णयसँग असहमत हुँदै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले यसलाई एकपक्षीय बताएका थिए।
त्यसपछि, माओवादी केन्द्रको छुट्टै छलफलमा एमालेका सचिव योगश भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभामा बोलेको ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म अवरोध नखोल्ने निर्णय गरिएको छ।












