पत्रकार सुधीर शर्माका दुई पुस्तक एकसाथ विमोचन
वि.सं.२०८१ भदौ ३० आइतवार १२:०५
1.25K
shares
shares

पत्रकार तथा लेखक सुधीर शर्माका दुई पुस्तक एकसाथ विमोचन गरिएका छन् । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शर्माका पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन गरिएको हो ।
शर्माले नेपाल चीन सम्बन्ध र विगतको नेपाल भोट (तिब्बत) सम्बन्धमा केन्द्रित रहेर पुस्तक लेखेका छन् ।
पुस्तक नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा, स्वर्णिम वाग्ले, नेकपा एमालेका महासचिव शंकर पोखरेलले विमोचन गरेका हुन् ।
शर्माले ‘हिमालपारिको हुरी’मा शर्माले गणतन्त्रपछि फेरिएको नेपाल र चीनसँगको सम्बन्धबारे चर्चा गरेका छन् भने ‘भिक्षु, व्यापार र विद्रोह’मा नेपालको भोट र चीनसँगको सम्बन्धका इतिहास खोतल्ने प्रयास गरेका छन् ।
यसअघि प्रकाशित शर्माको किताब ‘प्रयोगशाला’ चर्चित पुस्तकका रुपमा चिरपरिचित छ ।













