‘टीआरसी विधेयकले द्वन्द्व प्रभावित बालबालिकाहरुलाई न्याय गरोस्’
वि.सं.२०८१ भदौ ३१ सोमवार ०६:३८
shares

राजनीतिक पार्टीले एक जनालाई जोगाउने खेलमा अरु थुप्रै बालबालिकाहरु पीडित हुन्छन् भन्ने कुरा बुझ्नपर्छ । राज्यले पनि बालमैत्री संरचनाहरु बनाउन ध्यानदिन जरुरी छ । प्रहरी कार्यालय बालमैत्री छैनन् । बालबालिका हेल्पलाइन नम्बर छ भनेर पनि सबै बालबालिकाहरुलाई थाहा छैन । यस्ता विषयमा विशेष ध्यान दिनुपर्छ ।
तिलोत्तम पौडेल, बाल अधिकारकर्मी
‘टीआरसी विधेयकले द्वन्द्व प्रभावित बालबालिकाहरुलाई न्याय गरोस्’
भौतिक संरचनाहरु नै बालबालिकामैत्री भएनन् भने अधिकार सुरक्षित हुँदैन
विगतको तुलनामा बालबालिकाको अवस्थामा धेरै सुधार आएको छ
‘सडकहरु राष्ट्रिय गौरवका आयोजना हुने बालबालिकाको क्षेत्र चाँही नहुने ?’
तिलोत्तम पौडेल सक्रिय बाल अधिकारकर्मी हुन् । उनलाई बाल्यकालदेखि नै बालअधिकार र बाल सहभागिताका क्षेत्रमा क्रियाशील बालमैत्री अभियन्ताका रुपमा पनि चिन्ने गरिन्छ । उनी जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष एवम बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजोप)का महासचिव पनि हुन् । राष्ट्रिय युवा परिषद्को कार्यकारी सदस्यको जिम्मेवारीमा समेत रहेका पौडेल बालवालिकाहरुको नीतिगत र व्यवहारिक पक्ष सुधार गर्न निरन्तर क्रियाशील छन् । यसै सिलसिलामा नेपाली वालबालिकाहरुको अवस्था, नीतिगत, कानूनी एवम व्यवहारिक पक्षमा केन्द्रित रहेर नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।
details in Pdf













