संस्कृति, पर्यटन र हवाई नीतिमा सामूहिक परिवर्तन हुन्छ : मन्त्री पाण्डे

1.18K
shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संसदको हिउँदे अधिवेशन सञ्चालन हुनुभन्दा पहिला नीतिहरूलाई अन्तिम रुप दिने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३४ औँ वार्षिक साधारण सभा उदघाटन कार्यक्रममा उनले संस्कृती, पर्यटन र नागरिक उड्डयनसँग सम्बन्धित ऐनहरु संसदभित्र छलफलमा रहेको भन्दै अधिवेशन अगाडि ती ऐनहरूलाई अन्तिम रुप दिने बताएका हुन् ।

उनले भने, ‘संसदको अधिवेशन सञ्चालन हुनुभन्दा पहिला नै हामी नीतिहरूलाई अन्तिम रुप दिने काम सक्नेछौं । हिउँदे अधिवेशनमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकतम ऐनहरु र निर्देशिका बनाउने दिशामा अग्रसर छौं । ऐनहरु समयमै आए भने कानूनी राज्यलाई स्थापित गर्न सक्नेछौ । अहिले संसदभित्र मन्त्रालयसँग सम्बन्धित विभिन्न छलफलहरु हुने गरेका छन् । ती छलफल र प्रश्नको जवाफ दिने वचनबद्ध पनि गर्दछु ।’

details in pdf

संस्कृति, पर्यटन र हवाई नीतिमा सामूहिक परिवर्तन हुन्छ