काठमाडौंका मेयर बालेन शाहका समर्थकलाई प्रहरीले छाड्याे
वि.सं.२०८१ असोज १ मंगलवार १४:२९
1.24K
shares
shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकलाई प्रहरीले करिब साढे ३ घण्टा नियन्त्रणमा राखेर छाडेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार, सुरुआतमा १३ जना र पछि थप १ जना गरी १४ जनालाई नियन्त्रणमा लिइएको थियो। यी व्यक्तिहरूलाई प्रहरी वृत्त जनसेवामा राखिएको थियो।
मंगलबार इन्द्रजात्राको अवसरमा बसन्तपुर क्षेत्रमा बालेन शाहको फोटो अंकित टिसर्ट लगाएका युवाहरू पुगेका थिए। सुरक्षा कारण देखाउँदै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। स्थानीयसँग विवाद र झडपको स्थिति नहोस् भनी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ। दिउँसो साढे १ बजेतिर नियन्त्रणमा लिइएका समर्थकहरूलाई ५ बजेतिर छाडिएको हो।











