शहीद स्मृतिसँग पशुपति युवा क्लव ५–२ गोल अन्तरले पराजित

988
shares

मकवानपुरको बागमती गाउँपालिकाको सहीद स्मृति क्लव जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘घ’ को शीषस्थानमा पुगेको छ ।

५ खेलबाट ११ अंक जोड्दै सहीद स्मृतिले समूहको शीर्षमा स्थान बनाएको हो । सिमलटार खेल मैदानमा पाँचौ खेल खेल्ने क्रममा सहीद स्मृतिले पशुपति युवा क्लव हेटौंडालाई ५–२ ले हरायो ।

सहीद स्मृतिका लागि उप्रान्त आलेले २ गोल गर्दा किरण घिसिङ, अरुण आले र रमेश थिङले समान एक–एक गोल गरेका हुन् ।

यता पशुपतिको तर्फबाट अनमोल मोक्तानले २ गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच सहीद स्मृतिका उप्रान्त आले घोषित भए ।

यही समूह अन्तर्गत भएको अर्को खेलमा मनहरी गाउँपालिकाको हाँडीखोला यूथ क्लवले युनाइटेड नाइन हेटौंडासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

सहीद स्मृतिसँग पशुपति युवा क्लव ५–२ गोल अन्तरले पराजित