“गोकुल बास्कोटाकाे रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी”

1.7K
shares

एमाले नेता गोकुल बाँस्कोटाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा चल्न सक्ने दाबी गरेका छन्। उनले भने अनुसार, सहकारी ठगीसम्बन्धी छानबिन समितिले दिएको प्रतिवेदनमा लामिछानेविरुद्ध मुद्दा चलाउने सिफारिस गरिएको छ।

बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत यस विषयमा टिप्पणी गर्दै भनेका छन्, “यदि सूर्य थापा नेतृत्वको प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए, चितवन–२ मा फेरि उपनिर्वाचन हुने अवस्था छ।”

उनले चितवनका नेता र जनता चुनावको तयारीमा रहेको उल्लेख गर्दै थपे, “कानुनविदका वकिली तर्क र थापा प्रतिवेदनमा जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्काजस्तै छ।”

सूर्य थापा नेतृत्वको समितिले लामिछानेलाई सहकारीको रकम अपचलनमा कारबाही सिफारिस गरेको छ। यद्यपि, लामिछाने र रास्वपा नेताहरूले भने आफूलाई क्लिन चिट दिइएको दाबी गर्दै आएका छन्। लामिछाने चितवन–२ बाट प्रतिनिधिसभामा उपनिर्वाचनसहित दुईपटक निर्वाचित भएका थिए।