किरण गौतमको लोकदोहोरी गीत ‘अल्लारे’ सार्वजनिक, प्रेम र जीवनशैलीको सजीव चित्रण

1.87K
shares

नेपाली लोकदोहोरीका लोकप्रिय गायक किरण गौतमले हालै ‘अल्लारे’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतमा नेपाली लोकगीतको मौलिकतालाई निरन्तरता दिँदै गाउँले जीवन र प्रेमलाई रोमाञ्चक तरिकाले प्रस्तुत गरिएको छ ।

यस गीतमा किरण गौतम र अर्चना स्याङ्तानको स्वर रहेको छ भने शब्द संकलन पुष्कर चौलागाईं र बालचन्द्र घोरासैनीले गरेका छन्। यस गीतमा लोकजीवनको परिदृश्यलाई दुरुस्तै उतार्न खोजिएको छ । विशेष गरी गाउँको झर्रो भाषा शैलीमा तयार पारिएका शब्दले गीतलाई थप आकर्षक बनाउन प्रयास गरिएको छ ।

यसमा लय सृजना पुष्कर चौलागाईंको रहेको छ भने संगीत संयोजन विष्णु तामाङको रहेको छ । भिडियो निर्देशन निरेन श्रेष्ठले गर्नुभएको छ र नितिन वाइबाले कोरियोग्राफी गरेका छन्, जसमा दीपेन्द्र सोनाम, अस्मिता रोका, र माया गुरुङले आकर्षक अभिनय गरेका छन् ।

सो गीतको छायांकन चक्र बि. बरालले गरेका छन्, जसले सुन्दर दृश्यलाई कैद गरेका छन्, सम्पादन र पोस्टर विष्णु खड्काले तयार गरेका छन् भने कलाकारहरुको श्रृंगार मोहन लामाले गरेका छन् ।

गीतको पोस्ट प्रोडक्शन रोयल मुभिज प्रा.लि.ले गरेको छ । उक्त गीत तयार पार्न अमर इङ्लिश सेकेन्डरी स्कूलको भूमिका रहेको थियो ।