प्रधान सेनापति र श्रीलंकाका राजदूतबीच भेटघाट

1.52K
shares

प्रधान सेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका महामहिम राजदूत एयर चीफ मार्शल सुदर्शन पाथिरानाबीच भेटवार्ता भएको छ ।

बुधबार जङ्गी अड्डामा उनीहरूबीच  शिष्टाचार भेटघाट भएको हो ।

भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।