जसपा नेपालको केन्द्रीय समितिको बैठक सञ्चालन

1.25K
shares

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बिहानबाट ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा प्रारम्भ भएको छ।

बैठकमा समानुपातिक सांसद चयनको प्रक्रिया बारे गहन छलफल हुने अपेक्षा गरिएको छ। जसपाका केन्द्रीय प्रचार–प्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार, समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधनपछि रिक्त भएको स्थानमा नयाँ सांसदको नाम सिफारिस गरिनेछ।

यसका साथै, बैठकमा आगामी वैशाखमा हुने उपनिर्वाचन र पार्टीको राष्ट्रिय महाधिवेशन लगायतका महत्वपूर्ण विषयमा पनि छलफल हुने जानकारी दिइएको छ।