“नेपालको संविधान : संघर्ष र समावेशीताको प्रतीक” परराष्ट्रमन्त्री

1.18K
shares

परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताको लामो संघर्ष र बलिदानको दस्तावेज भएको बताएकी छिन्। क्यानाडाको ओटावास्थित नेपाली राजदूतावासद्वारा आयोजित राष्ट्रिय दिवस समारोहमा उहाँले लोकतान्त्रिक शासन व्यवस्थामार्फत संविधान लेख्नका लागि नेपाली जनताले धेरै संघर्ष गर्नुपरेको धारणा व्यक्त गरिन्।

क्यानाडाली विदेशमन्त्री मेलानी जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन क्यानाडामा रहेका मन्त्री डा राणाले संविधान २०७२ को घोषणालाई नेपाली इतिहासको एक महत्वपूर्ण क्षणको रूपमा चिन्हित गर्दै यो समावेशी र प्रतिनिधिमूलक संविधानसभाबाट निर्माण गरिएको कुरा स्पष्ट पारिन्।

उनीले भनिन् “यो संविधान बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक भावनाको प्रतिनिधित्व गर्दछ र समावेशी समाजको निर्माणमा सहयोग पुर्याउँछ।”

मन्त्री डा राणाले मानवअधिकार र नागरिक स्वतन्त्रताका मान्यताहरूको सम्मानलाई संविधानको एक प्रमुख पक्षका रूपमा प्रस्तुत गर्दै यसलाई शान्ति र समावेशिताको प्रतीक भएको बताइन् ।

“नेपालको संविधानले हरेक नागरिकलाई आत्मसम्मानका साथ बाँच्ने अधिकार सुनिश्चित गर्छ र विशेषगरी महिलाको प्रतिनिधित्वलाई प्राथमिकता दिन्छ,” उहाँले जाेडिन्।

साथै, उनीले क्यानाडा सरकारले नेपालको प्रजातान्त्रिक प्रक्रिया र संविधान लेखनमा गरेको सहयोगको पनि प्रशंसा गरिन्। सो समारोहमा क्यानाडाली र नेपाली समुदायका नागरिकहरू उपस्थित थिए।