मधेशी र जनजातिलाई संविधानले सही उत्तर दिएन : महन्थ ठाकुर
वि.सं.२०८१ असोज ३ बिहीवार ११:२४
shares

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन भएपनि मधेशी र जनजातिलाई हेर्ने दृष्टिकोण अहिलेसम्म परिवर्तन नभएको बताएका छन् ।
बिहीबार पार्टीले आयोजना गरेको ‘असोज तीन कालो दिन’ विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशी र जनजातिलाई हेर्ने दृष्टिकोणमा संविधानले सहि उत्तर कहिले नदिएको बताएका हुन् ।
उनले भने, ‘जसोतसो संविधान संशोधन त भयो जसलाई हामी उत्कृष्ट संविधान भन्छौं । संशोधन भएपनि मधेशी मधेशी नै रह्यो । जनजाति जनजाति नै रह्यो, हेर्ने दृष्टिकोण, गरिने व्यवहारमा कहिले परिवर्तन भएन । संविधानले सहि उत्तर दिइरहेको छैन ।’
साथै उनले संविधानमा नयाँ कानून बन्नुपर्ने अवस्थामा पनि नबनेको बताए । उनले संविधान अनुसारका कानून नै नबनेको जिकीर गरे । जुन कानून संशोधन हुनुपर्ने हो त्यो संशोधन नभएको बताए ।













