नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल हुँदै

1.83K
shares

बलुन नेपाल प्रालिको आयोजनामा नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रालिले अंग्रेजी नयाँ वर्षको अवसरमा पौंष ९ देखि माघ १ सम्म हुने फेस्टिभलको सम्पूर्ण तयारी भएसकेको जानकारी दिएको हो ।

नेपालको पर्यटन राजधानी पोखरा र मुलुकको पर्यटन क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने उद्देश्यले बलुन फेस्टिभल आयोजना गर्न लागेको अध्यक्ष विक्रम बाडेले जानकारी दिए ।

फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने अपेक्षा राखेको पनि उनले जानकारी दिए ।

उनले भने,‘नेपालको पर्यटन राजधानी पोखरा र मुलुकको पर्यटन क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने उद्देश्यले आयामी शिष्टमस र अंग्रेजी नयाँ वर्षको अबसरमा नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुन लागेको जानकारी गराउन पाउँदा हामीलाई निकै खुसी लागेको छ। फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने हाम्रो अपेक्षा छ ।’

आयोजकका अनुसार फेस्टिभलमा नेपालसहित करिब ३० देशका व्यावसायिक कम्पनीलाई सहभागिता गराइने छ । फेस्टिभल अवधिभर हरेक दिन विहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरुले हट एयर बेनुनको उडान गर्नेछन्।

नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल हुँदै