राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका प्रस्थान

1.3K
shares

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ अधिवेशनमा भाग लिनका लागि प्रस्थान गरेका छन् ।
शुक्रबार राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री केपी ओली नेतृत्वको टोली अमेरिका प्रस्थान गरेको हो ।
टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत रहेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उदघाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री असोज १४ गते स्वदेश फर्कनेछन् ।