
धर्म शास्त्रहरु तिथिप्रधान हुन्छन् । त्यसैले कुन तिथिमा के गर्ने भन्ने हुन्छ । आश्विन कृष्ण पक्षलाई पितृ पक्ष मानिन्छ । यस समयमा पितृ पक्षलाई पूजा गरिन्छ । यसपछि लगतै आउने आश्वीन शुक्ल पक्षमा चाँही देवीको पूजा गरिन्छ । शक्तिको पूजा गरिन्छ ।
लक्ष्मण पन्थी, सदस्य सचिव. अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समिति
लक्ष्मण पन्थी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको सदस्य सचिव हुन् । उनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यको जिम्मेवारीमा पनि छन् । अर्घाखाँचीको छत्रदेवमा जन्मिएका उनी नेपाल संस्कृत विश्वविद्यालयबाट आचार्य(एमए)हासिल गरी हाल विद्यावारिधी गरिरहेका छन् । उनी हिन्दु संस्कार, संस्कृति, ज्योतिषशास्त्र एवम वास्तुकलाको पनि गहिरो अध्ययन गरिरहेका छन् । यसै सिलसिलामा हिन्दुहरुको महान पर्व वडादशैंको पूर्वसन्ध्यामा सुरु भएको सोह्र श्राद्ध र आउँदै गरेका चाडपर्वबारे नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।