दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको धरपकड

  • दुर्गा प्रसाईं काठमाणडौमा पक्राउ परे लगत्तै  उनका समर्थकमाथि प्रहरीले धरपकड सुरु गरेको छ ।

    प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको छ ।

    यसैगरी भर्खरै गठित नागरिक प्रतिरक्षा बल–पिडिएफ) का मेची अञ्चल संयोजक दुरेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रसाईं पक्राउपछि आन्दोलन गर्ने तयारी गर्दै गर्दा उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनिहरुलाई निगरानीमा मात्र  राखेको जनाएको छ ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation