पूर्णिमा लामालाई सर्वोत्कृष्ट गायिका अवार्ड

  • गायिका पुर्णिमा लामा सर्वोत्कृष्ट गायिका अवार्ड २०२४ बाट सम्मानित भएकी छन् ।

    ‘जीवनको यो आफ्नै नाटक’ बोलको गीतबाट गायिका लामाले आधुनिक तथा पप गायिका बिधाबाट सर्वोत्कृष्ट गायिका अवार्ड प्राप्त गर्न सफल भएकी हुन् ।

    नवदुर्गा पार्टी भेन्यु सुकेधारास्थित आयोजित विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ समारोहकाबिच उनी  सम्मानित भएकी हुन् ।

    नेपाली गीत संगीत क्षेत्रमा लामाले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै आयोज कमिटीद्वारा लामालाई खादामाला लगाई अवार्डको प्रमाणपत्र प्रदान गरिएको थियो ।

    डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका लामाका  ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ सहित उनको स्वरमा सातसय बढी गीत सार्वजनिक भएका छन् ।

    उनका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका गीतले मिलियन बढी भ्यूज पाएका छन् । संगीत नै नजिकको साथी बताउने गायिका लामा भन्छिन्,‘गीत संगीतको ज्ञान सदाबहार चाहिन्छ । बिनाअध्ययन र ज्ञान संगीत अधुरो छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation