पर्यटन जनशक्तिलाई सशक्त बनाउने श्रृखंलाको सुरुवात
वि.सं.२०८१ असोज ७ सोमवार ११:११
shares

पर्यटन व्यवसायीहरूको आगामी पुस्तालाई बर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले नयाँ मासिक श्रृखंला शुभारम्भ गरेको छ।
बोर्डको सभाकक्षमा आयोजना गरिएको मासिक शृङ्खलाको उट्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थीहरू सहभागी थिए।
बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले भने,‘यो हाम्रो पर्यटनको भविष्य प्रवर्द्धन गर्ने पहल हो। यस क्रममा भाइबहिनी र उद्योगीहरूको साथको अपेक्षा गर्दछौं ।यस्तै अहिलेको पर्यटनको प्रवृति एक्सपेरियन्स ट्राभल रहेको पनि बताए ।
कार्यक्रममा बोल्दै बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले कार्यक्रमले बिद्यार्थीहरूलाई जागिरउन्मुख हुनेभन्दा पनि उद्यमी बन्न जोड लगाउनुपर्ने बताए। बोर्डका वरिष्ठ प्रवन्धक विमल कँडेलले नेपालका अनुपम पर्यटकीय सम्पदाहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए ।
यसैगरी कार्यक्रममा सुभश्री कलेजका प्राचार्य मनिता ओलीले युवा जनशक्तिले हरेक समय केही न केही सिकिरहनु पर्ने र यस कार्यक्रमले पनि सबैलाई सिक्ने मौका दिएको बताइन ।
उक्त श्रृखलाबाट अनुभवी पेशा व्यवसायीहरु, शिक्षकहरू, र विद्यार्थीहरूलाई पर्यटनमा नवीनतम प्रवृत्तिहरू छलफल गर्न र भविष्यका अवसरहरू अन्वेषण गर्न अभिप्रेरित गर्ने र सहभागीहरूले अनुभव साटासाट र एकअर्कालाई प्रेरणा दिने मौका पाउनेछन्।












