पाकिस्तानको हिन्दु मन्दिरमा तोडफोड
वि.सं.२०८१ असोज ७ सोमवार १२:५८
1.26K
shares
shares

पाकिस्तानकाे एउटा हिन्दु मन्दिरमा झडपसहित तोडफोड भएकाे घटना सार्वजनिक भएको छ । पाकिस्तानको हैदरबादस्थित रामापिर मन्दिरमा झडपसहित तोडफोडको घटना सार्वजनिक भएको हो ।
पाकिस्तानी सञ्चार माध्यमका अनुसार झडपमा ४ जना घाइते भएका थिए । प्रहरीले घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै स्थानीय हिन्दु समुदायले विरोध गरेका छन् ।
हिन्दु समुदायले हैदराबाद प्रेस क्लब र प्रहरी कार्यालयमा प्रदर्शन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा ११ जनाविरुद्ध प्रहरीले उजुरी दर्ता गरेकाे र आवश्यक कारवाही प्रक्रिया अघि बढेको जानकारी दिएकाे छ ।













