‘स्मार्ट सिटी बनाउन पहिला विपद् जोखिम न्युनिकरण गर्नुपर्छ’

1.25K
shares

 

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरलाई स्मार्ट सिटी  बनाउन लागिपरेको बताउँदै त्यसका लागि  विपदबाट आउन सक्ने जोखिम न्युनिकरण गर्न जरुरी रहेको बताएका छन् ।

बुधबार ललितपुर महानगरपालिकाको आगलागी नियन्त्रण सचेतना अभियान सुभारम्भ कार्यक्रमलाई प्रमुख महर्जनले विपद्लाई सम्बोधन गर्न नसके स्मार्ट सिटी किमार्थ हुन नसक्ने उल्लेख गर्दै यसलाई महत्वकाकासाथ हेरिरहेको बताएका हुन् ।

उनले भने, ‘हामी ललितपुर महानगरलाई एउटा स्मार्ट सिटी बनाउने तर्फ लागिरहेका छौं । स्मार्ट सिटी बनाउने सन्दर्भमा विपद्लाई सम्बोधन गरिएन भने स्मार्ट सिटी किमार्थ हुन सक्दैन । त्यसकारण हामी यसतर्फ एकदम महत्वको साथ ध्यान दिइरहेका छौं । आवश्यकता अनुसार हामीले लगानी पनि गरिरहेका छौं । अहिले हाम्रो नगर प्रहरी बल १२५ जनाको हुन पुगेको छ । हामीले समयसापेक्ष यो विपद्का साधनहरुको समेत व्यवस्थापन गरेका छौं । यी सबै काममा हामी अग्रसर भइ नै रहेका छौं ।’

विपद्सम्बन्धीका घटना र परिघटनाको व्यवस्थापनका लागि आवश्यक साधनहरु एउटै छानामुनि तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।

उनले दमकल, एम्बुलेन्स, सववाहन, नगरप्रहरी र विपद्सम्बन्धी इक्युपमेन्ट्स टुलहरु पुलचोकमा व्यवस्थापन तयारीमा अवस्थामा राखेको उल्लेख गरे ।

त्यस्तै, प्रमुख महर्जनले कुनैपनि आगलागीका घटना घटेमा ११३१ मा फोन गरेर अथवा महानगरको स्मार्टमा समेत गएर जानकारी गराउन सबैमा आह्वान गरे ।