सरकारले आफै जन्माएको अधिकारहरुको कटौती कदापी गर्दैन् :कार्यवाहक प्रधानमन्त्री सिंह
वि.सं.२०८१ असोज ९ बुधवार १२:०२
shares

कार्यवाहक प्रधानमन्त्री एंव सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक अस्थिरता दिनको लागि नेपाली काङ्ग्रेस, नेकपा एमाले लगायतका दलहरु मिलेर सरकार बनाएको बताएका छन् ।
बुधबार ‘भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ को समुद्घाटन समारोहमा उनले राजनीतिक अस्थिरताले गर्दा गर्नुपर्ने काम र संसदबाट पास हुनुपर्ने विधेयकहरु पनि पास हुन नसकेको भन्दै यो सबै काम पूरा गर्न वर्तमान सरकार बनेको बताए ।
उनले भने, ‘अहिलेको राजनीतिक अस्थिरताले गर्दा गर्नुपर्ने कामहरु भएको छैन्, संसदबाट पास हुनुपर्ने विधेयकहरु पनि पास भएको छैन् । यो सबै कार्य सम्पन्न गर्नको लागि नेपाली काङ्ग्रेस र नेकपा एमाले लगायतका दलहरु मिलेर अहिलेको सरकार बनेको हो । वर्तमान सरकारमा संलग्न दलहरुले आफै जन्माएको अधिकारहरुको कटौती आफैले गर्ला भनेर सोच्नु, जन्म दिने आमाले आफ्नो बच्चाको अहित गर्नु जस्तो हो ।’
यसको साथै, उनले राजनीतिक स्थिरताबिना कुनै क्षेत्र स्थिर हुन नसक्ने भन्दै सबैभन्दा पहिला राजनीतिलाई स्थिर गर्नुपर्ने बताए ।













