स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता
वि.सं.२०८१ असोज १० बिहीवार १०:२२
shares
xr:d:DAFbpsAE51M:3090,j:7501157714431889710,t:23121702
मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ ।
निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने जनाएको छ ।
मंसिर २ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले जनाए ।
सापकोटाका अनुसार ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने सकिने र ४ गते बेलुकासम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ ।
५ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सकिने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने प्रवक्ता सापकोटाले जानकारी दिए । मंसिर १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।














