इलेक्ट्रोनिक भोटिङ प्रक्रियामा अघि बढ्न आयोगलाई सुझाव
वि.सं.२०८१ असोज १० बिहीवार ११:०२
shares

नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचन आयोग अब इलेक्ट्रोनिक भोटिङ प्रक्रियामा जानुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले निर्वाचन पद्धतीमा धेरै नै सुधार आएपनि भोट गन्ने कुरामा अझै समस्याहरु देखिएको भन्दै यसलाई अन्त्य गर्न इलेक्ट्रोनिक भोटिङमा जानुपर्ने बताएका हुन् ।
उनले भने, ‘निर्वाचन आयोगले सोच्नुपर्ने के हो भने अब विद्युतीय मतदान प्रक्रियामा जानुपर्छ । यसको सफल प्रयोग भारतमा भएको छ । अहिले पनि निर्वाचन पद्धतीमा धेरै नै सुधार भएको छ । मतदाताहरुको अधिकार सुनिश्चित भएको छ । भोट सुरक्षित रुपमा दिने अवस्था बनेको छ । भोट गन्ने कुरामा भने अझै केही समस्याहरु देखिएका छन् । यसलाई अन्त्य गर्न इलेक्ट्रोनिक भोटिङमा जाने कुरालाई नै छलफलमा अगाडि लानुपर्छ । यसमा दलहरुले नै अगुवाइ गर्नुपर्छ ।’
यस्तै, उनले राष्ट्रपति उपराष्ट्रपतिहरुको कुरामा पनि देखिएका विरोधहरुलाई पनि अन्त्य गर्नुपर्ने बताए ।













