आज दुईवटा संसदीय समितिको बैठक बस्दै

1.53K
shares

संघीय संसद्अन्तर्गत दुई वटा संसदीय समितिको बैठक आज  बस्दै छ ।

संसद् सचिवालयका अनुसार आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बसेकाे छ ।

बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारमा बसेकाे हाे ।

बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्ला फाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धमा छलफल भएकाे थियाे ।

त्यस्तै,  दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल संघीय संसद् सचिवालयले जनाएको छ ।