अमेरिकामा पनि प्रदर्शन हुदै फिल्म ‘बेहुली फ्रम मेघौली’
वि.सं.२०८१ असोज ११ शुक्रवार ०६:५९
shares

फिल्म ‘बेहुली फ्रम मेघौली’ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्मको अमेरिका प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एण्ड कम्पनीले लिएको हो ।
फिल्म ‘बेहुली फ्रम मेघौली’ दसैँको घटस्थापनाबाटै अमेरिकाको डलास, बोस्टन, न्युयोर्क लगायतका सहरमा प्रदर्शन हुनेछ । फिल्म अस्ट्रेलिया, युरोप र अन्य देशहरूमा पनि प्रदर्शन अधिकारका लागी प्रकृया भइरहेको निर्माण युनिटले जानकारी दिएकाे छ ।
फिल्ममा निश्चल र स्वस्तिमासहित वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।
सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेकाे याे फिल्म ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएकाे हाे । स्वस्तिमा र निश्चलले मिलेर निर्माण गरेका याे फिल्मको कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे रहेका छन् ।
जसमा नरेन्द्र मैनालीको छायाङ्कन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेकाे छ । यस फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र डीसीएनले वितरण गर्दैछन् ।













