रास्वपाले केन्द्रीय समिति बैठक बोलायो, यि एजेण्डामा हुँदैछ छलफल

1.42K
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आइतबार विहान ११ः३० बजे बस्ने गरी बोलाइएको हाे ।

समसामयिक राजनीतिक र विविध विषयमा छलफल गर्नकाे लागि रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएकाे कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन्  ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठककाे छलफलका लागि ६ एजेण्डा रहेको झाले जानकारी गराए ।

साथै बैठकमा पार्टी गतिविधिको रिपोर्टिङ , प्रथम राष्ट्रिय भेलाको समीक्षासहित स्थानीय तह उपनिर्वाचन र महाधिवेशनकेन्द्रित पार्टी गतिविधिबारे पनि   छलफल हुने झाले जानकारी गराएका हुन् ।

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । भदौ ६ गते रास्वपाको केन्द्रीय समिति बैठकले पहिलोपटक स्थानीय तहको चुनावमा भाग लिने निर्णय गरेको थियाे ।