‘सरकारले पर्यटन क्षेत्रको समस्या पहिचान गरि सहज वातावरण निर्माण गर्छ ’

1.22K
shares

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले पर्यटन क्षेत्रको समस्या पहिचान गरि काम गर्न सहज वातावरण निर्माण गर्ने बताएका छन् ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले ४५औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताए  ।

उनले भने,‘पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठुलो योगदान पु¥याएको छ । कूल ग्राहस्थ उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउन सकिन्छ ? त्यसतर्फ लाग्नुपर्ने आवश्यक्ता छ, । पर्यटन क्षेत्रमा काम गर्दा परेको अप्ठ्यारो पहिचान गरेर सरकारले हटाउँछ । सहज रुपमा व्यवसाय गर्नसक्ने अवस्था सरकारले बनाउनेछ ।’

उनले नेपाल साहसिक पर्यटन, ट्रेकिङ, हिमाल आरोहण, स्काई ड्राइभिङका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको भन्दै यस क्षेत्रमा नीजि क्षेत्रले आफ्नो व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था बनाउनका लागि सरकारले ध्यान दिने पनि बताए ।