बाढीले खुकोर्ट बसपार्क डुबानमा, बीपी राजमार्ग अवरुद्ध

1.33K
shares

अविरल वर्षापछिको बाढीले सिन्धुलीको खुर्कोट बसपार्क डुबानमा परेको छ । बसपार्कसहित आसपासका घरहरुमा समेत पानी पसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

प्रहरीका अनुसार घरहरु डुबानमा परेपनि हालसम्म कुनै मानवीय क्षति भने भएको छैन । सुनकोसीमा आएको भिषण बाढीका कारण डुबानको समस्या आएको प्रहरीको भनाइ छ ।

बाढी र ठाउँठाउँको पहिरोका कारण बीपी राजमार्ग समेत अबरुद्ध बनेको छ ।