खुर्कोट बजारस्थित सशस्त्रको बेसमा पस्यो बाढी, सारियो हतियार

1.25K
shares

अविरल वर्षाका कारण सुनकोशीमा बढेको बहाव सिन्धुलीको खुर्कोट स्थित बजार क्षेत्रमा पसेको छ ।

खुर्कोटमा रहेको सशस्त्र प्रहरीको बेसमा बाढी पसेपछि त्यहाँबाट हतियार र बन्दोबस्तीका सामान सारिएको छ । सशस्त्रको क्याम्पबाट हतियार लगायतका सामान इलाका प्रहरी कार्यालयमा सारिएको सिन्धुलीका एसपी गोविन्द काफ्लेले बताए ।

गोलान्जोर गाउँपालिका–७ स्थित खुर्कोटको तल्ला बजारका प्रभावित घरहरूबाट सामान र मानिसहरूलाई अन्यत्र सार्ने काम भइरहेको एसपी काफ्लेले जानकारी दिए ।