रोशीले बगायो बिपी राजमार्गको नेपालथोक सडक खण्ड

1.33K
shares

अविरल वर्षाका कारण काभ्रे हुँदै बग्ने रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको नेपालथोक सडक खण्ड भत्काउनुका साथै केही भाग बगाएको छ ।

बिहीबारदेखि लगातार भएको वर्षपछि शनिबार बिहान खोलामा आएको बाढीले सडक भत्काएर बगाएको हो ।

नेपालथोकको प्रहरी चौकी भन्दा १०० मिटर माथिको सडक बगाएपछि बिपी राजमार्गको नेपालथोक मुलकोट सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।