पहिरोले अस्तव्यस्त राजमार्ग, कहाँ खुले कहाँ ठप्प ? (सूचीसहित)
वि.सं.२०८१ असोज १२ शनिवार ०७:५२
1.47K
shares
shares

अविरल वर्षासँगैको पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध बनेका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै बसेका खबरहरू आइरहेका छन् ।
नेपाल प्रहरीका अनुसार उपत्यकामै चार वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेका छन् । यस्तै कोशी प्रदेशमा ५, बागमतीमा २१, गण्डकीमा ४, लुम्बिनीमा ३ र कर्णालीमा १ राजमार्ग तथा सडक खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
यस्तै अवरुद्ध भएका ५ वटा सडक भने खुलाइएको छ भने केही सडक एकतर्फी सञ्चालनमा रहेका छन् । सडकमा पहिरो खस्ता प्रमुख राजमार्ग पृथ्वीराज मार्गसहित प्रभावित बनेका छन् ।
कुन सडकको अवस्था कस्तो छ, विवरण हेर्नुहोस्:














