एन्फाको सिस्नेरी एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन
वि.सं.२०८१ असोज १२ शनिवार ०७:५५
1.55K
shares
shares

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट ६ विद्यार्थी सम्पर्कविहीन भएका छन् । शक्रबार एन्फा एकेडेमीका सुरक्षाकर्मीलाई छलेर भागेका ६ जना विद्यार्थीहरु सम्पर्कविहीन भएका हुन् ।
कार्यालयकी प्रमुख प्रहरी निरिक्षक ललिता ढकालका अनुुसार एकेडेमीका खेलाडी कुलेखानीको बाढीबाट बच्न भन्दै सुरक्षाकर्मीलाई छलेर भागेको जानकारी आएको बताइन् ।
उनीहरुको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ । एन्फा केन्द्रीय सदस्य टिकाराम लामाका अनुसार बेपत्ता हुने विद्यार्थीहरुमा अनुप घलान मकवानपरु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन् । एन्फाले सिस्नेरीमा गतवर्ष पहिलो पटक एकेडेमी संचालन गरेको थियो ।












