अमेरिकाबाटै प्रधानमन्त्री ओलीले दिए फेसबुकमार्फत निर्देशन

1.2K
shares

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसँघको कार्यक्रमले यतिबेला अमेरिकामा छन् । उनले अमेरिकाबाटै देशका विभिन्न स्थानमा बढी पहिरोको प्रकोप बढेसँगै मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।

उनले फेसबुकमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउन निर्देशन दिएका हुन् ।

अविरल वर्षासँगै बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेको भन्दै प्रधानमन्त्री ओलीले यस सम्बन्धमा गृहमन्त्री रमेश लेखकसँग कुराकानी भएको पनि जानकारी दिएका छन् ।

उनले फेसबुकमार्फत भनेका छ्न्, ‘केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि आएको छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउनु होला।’

उनले थप भनेका छन्, ‘उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौं, भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौं। विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं।’