काभ्रे बाढीपहिरो अपडेटः मृत्यु हुनेकाे संख्या ५९ पुग्याे, ५२ जना घाइते

1.07K
shares

गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण काभ्रे जिल्लाका विभिन्न क्षेत्रमा गएकाे बाढीपहिराेमा हालसम्म ५९ जनाकाे मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार बाढीपहिरोबाट जिल्लामा ५९ जनाको मृत्यु र ४ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार जिल्लामा ५२ जना घाइते छन् । आइतबार बिहानदेखि हालसम्म हेलिकोप्टरबाट ४५१ जनाको उद्धार गरिएको छ ।

यस्तै स्थानीय जनप्रतिनिधी, स्थानीयवासी र अन्यबाट उद्धार हुनेकाे संख्या ३ हजार २७४ रहेकाे प्रहरीले जनाएकाे छ ।