च्यासलमा बाढी पसेपछि एमालेकाे बैठक बसेरा होटलमा
वि.सं.२०८१ असोज १५ मंगलवार ०६:५६
858
shares
shares

अत्याधिक वर्षाका कारण ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय डुबानमा परेपछि एमालेको सचिवालय बैठक सिंहदरबारस्थित बसेरा होटेलमा बसिरहेको छ ।
गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण एमाले पार्टी कार्यालय डुबानमा परेको थियाे।
केही समय अघि सुरु भएको यो बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतसहितका विषयमा छलफल हुने बताइएको छ ।
बाढीको विपदमा परेर सयौँ नागरिकको मृत्यु भएको छ । हजारौँले घरबार गुमाएका छन् । यस्तोमा सरकारको कामलाई लिएर जनस्तरमा चर्को आलोचना भइरहेको छ ।











