दुर्गा प्रसाईँलाई एक लाख धरौटीमा छाड्न अदालतकाे आदेश

832
shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई अदालतले मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए।

उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।

उनी गत असोज ६ गते पक्राउ परेका थिए ।