काठमाडौं जिल्ला अदालत अगाडी पत्रकारहरुको विरोध
वि.सं.२०८१ असोज १५ मंगलवार १२:५३
1.04K
shares
shares

काठमाडौं जिल्ला अदालत अगाडी पत्रकारहरुले रिपेटिङ गर्न नदिएको भन्दै क्यामेरा भुईमा राखि विरोध जनाएका छन् ।
मंगलबार मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएपछि रिपेटिङ गर्न गएका पत्रकारहरुले अदालतको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् ।
पत्रकारहरु दुर्गा प्रसाईको रिहाईपछिको फोटो र भिडियो खिच्न काठमाडौं जिल्ला अदालत अगाडी जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन् । त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका थिए ।











