एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिट २०२४ मा नेपाली विद्यार्थीले जिते पिपल्स चोइस अवार्ड

1.12K
shares

नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआइ प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा  भएको एसिया प्यासेफिक डिजिटल समिट २०२४ को महत्वपूर्ण पिपल्स चोइस अवार्ड जितेका छन् । ह्वावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रम अन्तर्गत ६ जना नेपाली विद्यार्थीको टोलीले सो उपलब्धि हासिल गर्न सफल भएका हुन्।

सयौं विद्यार्थीहरु मध्यबाट छानिएको समूहमा समिप अर्याल, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, र समृद्धि कार्की छन् । कार्यक्रममा विश्वभरका युवा प्रतिभाहरुको नविन सोचलाई बढावा दिँदै कयौं योजनाहरु समावेश गरीएका छन् ।

एसिया प्यासेफिक समिटमा १९ मुलुकका सयौँ विद्यार्थीले सहभागिता जनाएका छन् । जसमा नेपाली विद्यार्थीले अल्ट्राकेयर  नामक एआइ व्यावसायिक उपकरणको प्रस्तुत गरेका थिए ।

नेपाली समूहका सदस्य समिप अर्यालले भने, अल्ट्रा केयर यात्रा सहज अल्ट्रासाउण्ड मेसिन हो जसले ग्रामिण क्षेत्रका महिलाहरुलाई सहज सेवा दिन सक्छ । अर्यालले भने, यो उपकरणले सानोस्तरका स्वास्थ्य संस्थालाई एआइ प्रविधिसँग जोड्नेछ । जसले भ्रुणको अवस्था पत्ता लगाई, त्यस विषयमा पर्याप्त जानकारी उपलब्ध गराउँदछ ।

अर्यालले मेसिनले गर्भमा रहेको शिशु वा गर्भवतीमा कुनै स्वास्थ्य जटिलता आइपरेको खण्डमा सो उपकरणले समयमा नै परिक्षण गर्न सक्ने बताए  । अर्यालले भने यदि कुनै असामान्य परिस्थिति आईपरेको खण्डमा उपकरणले सिधै सम्बन्धित अस्पतालका चिकित्सकलाई जानकारी पठाएर महिलाको ज्यान जोगाउन सकिनेछ ।ह्वावे नेपाल युवा प्रतिभालाई प्रोत्साहन गर्दै भविष्यका सशक्त नेतृत्व निर्माणमा लगातार समर्पित छ ।